न्युयोर्क

अमेरिकामा इरमा आँधीको सन्त्रास

न्यूयाेर्क, २६ भदाै । क्यारिबियन सागर हुँदै अघि बढेको इरमा आँधीका कारण अमेरिकामा सन्त्रास छाएको छ । आँधी अमेरिकाको दक्षिणी राज्य फ्लोरिडा पुगेको छ । १ सय ३० माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण क्यारीबीयन सागरका टापुहरुमा २४ जनाको ज्यान गइसकेको छ । श्रेणी ५ को मानिएको विनाशकारी सामुन्द्रिक आँधी ‘इरमा’ले उत्तरी क्यूवालाई क्षति पुर्याउँदै यतिबेला अमेरिकाको फ्लोरिडामा डरलाग्दो रूप लिएको हो । ठूलो हावा हुन्डरी, भारी वर्षा तथा बढ्दो समुन्द्री छालले फ्लोरिडा राज्यमा बिनास गर्ने अनुमान गरिएको छ ।