न्युयोर्क

न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ जारी

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ सुरु भएको छ । 
विश्व आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको चलचित्र महोत्सव तीन दिन सम्म चल्नेछ । चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिदै छ । 
महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्स स्थित गुल्सन टेरेसमा विशेष समारोहका बीच उद्घाटटन गरिएको थियो । फिप्नाका अध्यक्ष लुईसाङ वाईवा तामाङले पानसमा बत्ति बालेर तथा ड्यासमा रहेका सम्पूर्ण अतिथिहरुले चलचित्रको व्यानर प्रदर्शन गरेर उद्घाटन गरिएको महोत्सवमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली वाणिज्य दुताबासमा महावाणिज्य दुत मधु मरासिनी, वाणिज्य दुत कृषु क्षेत्री, डेमोक्रेटीक पार्टीका प्रतिनिधि मेरि सिल्भर, एनआरएन अमेरिकाका प्रतिनिधि, चलचित्रकर्मीलगायतको उपस्थिति रहेको थियो । 

नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै नेपालका आदिवासी चलचित्रहरु जो राज्य र मुलधारबाट सिमान्तकृत छन् त्यस्तो चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धदनका लागि महोत्सवले ठूलो टेवा पु¥याउने र यस्तो महोत्सवले नेपालको पर्यटन उद्योगलाई समेत प्रवद्र्धन गर्ने वक्ताहरुले बताएका थिए । महोत्सवले नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तराष्ट्रियकरण गर्न ठूलो टेवा पु¥याउने आयोजकले अपेक्षा गरेका छन् । 
महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका छन् । महोत्सवमा सहभागिताका लागि दर्ता भएका ३९ चलचित्रहरु मध्येबाट ११ वटा चलचित्र छनौट गरिएको हो । छनौट भएका लामा चलचित्रहरुमा हेलुक्व (लिम्बु), लोम्बा (मगर), कृषा गौतमी (नेवार) मैंरिमो (गुरुङ), सुम्निमा (राई), सेम ताबा म्ही (तामाङ) र शेरडा (मुस्ताङ्ग) रहेकाछन् । यसैगरी छनौट भएका लघु चलचित्रहरुमा फेके (मगुाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) रहेकाछन् । छनौट भएका ७ लामा चलचित्र मध्येले बिभिन्न १० विधामा प्रतिष्पर्धा भईरहेको छ । उक्त चलचित्रहरुबाट सर्वाेत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईने आयोजकले जनाएको छ । छनौट भएका ४ लघु चलचित्रको हकमा भने सर्वाेत्कृष्ट शर्ट फिल्म र पब्लिक च्वाईसको लागि मात्र प्रतिष्पर्धा गराईदै छ । 
छनौटमा भएका सम्पूर्ण चलचित्रहरु अहिले प्रदर्शन भईरहेका छन् । महोत्सवमा ‘सर्वाेत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार(२०१५’ बिजेता चलचित्र ‘मतान’ (राई) र ‘पब्लिक चोईस अवार्ड, आदिवासी जनजाति चलचित्र महोत्सव(२०१७’ बाट पुरस्किृत ‘कर्म क्या’ (गुरुङ) को बिशेष प्रर्दशन गरिदै छ । 
‘महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेको छ भने दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाडौँ सचिवालयले छनौट गरेको छ र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेको छ जुन चलचित्रहरु महोत्सवमा प्रदर्शन भईरहेका छन् । चलचित्र छनौट समितिमा डा. कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृत बहादुर सुनुवार रहेका थिए । 
महोत्सवका लागि आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी), ईन्डिजिनियस फिल्मस् अर्काईभ (आईफा) र फिप्नाका सम्पूर्ण सदस्य संस्था सह–आयोजक रहेका छन् । त्यस्तै नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहेका छन् । महोत्सव आईबारसम्म चल्नेछ ।

 

https://www.facebook.com/newyorksamachar/videos/1464776403590652/