न्युयोर्क

सरिता महर्जनलाई नेवाः गुठी अमेरिकाको सहयोग

न्यूयोर्क । आफ्नो बुबालाई कलेजो दान दिएपछि उपचार लगायत दैनिक घर संचालनमा आर्थिक समस्या भोग्दै आएकि सरिता महर्जनको सहयोगार्थ नेवाः गुठी अमेरिकाले एक लाख नगद सहयोग गरेको छ । 
बुबाको कलेजो प्रत्यारोपण पछि आर्थिक समस्या झेल्दै आएकी सरिता महर्जनको सहयोगार्थ गुठीले सदस्यहरु र विभिन्न दाताहरुबाट आर्थिक संकलन गरी महर्जनलाई सहयोग गरेको हो । बुबाको कलेजो प्रत्यारोपण पछिको उपचार, आमाको मृगौला सम्बन्धि समस्याको उपचार साथै आफ्नै उपचारमा दिनहुँ जसो ठूलो रकम खर्च गरिहनुपर्दा काठमाडौं लगन टोल निवासी सरिता महर्जन अहिले आर्थिक समस्यामा परेकी छिन् । विगतमा बुटिक संचालन गर्दै आएकी सरिताले अहिले स्वास्थ्य सम्बन्धि समस्याकै कारणले व्यवसाय बन्द गर्नुपरेको छ भने उनको अन्य कुनै आयश्रोत पनि छैन ।