विश्व

अन्धाधुन्ध गोली चलाउँदा ८ जनको मृत्यु

अमेरिका, जेठ । अमेरिकाको मिसिसिप्पी क्षत्रेमा एक व्यक्तिले अन्धाधुन्ध गोलि चलाउँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना प्रहरी पनि रहेको बताइको छ।  लिंकन काउन्टीको ग्रामिण इलाकाका तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको उक्त घटनाको दोषीका आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 
स्थानीय समाचारमाध्यमका अनुसार कारी गडबोल्ट नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेहरुमा विलियम डर नामका प्रहरीका साथै तीन पुरुष र चार महिला छन्। प्रहरी डर र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो। 
त्यस्तै ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएका छन्। आरोपीमाथि हाल मुद्दा भने दायर नभएको र प्रहरीले प्रमाण खोजिरहेको समाचारमाध्यमले जनाएका छन्।