विश्व

रंगशालमा आतंकवादी हमला, १९ जना मारिए

बेलायत,  जेठ । (एजेन्सी)– बेलायतको म्यान्चेस्टर शहरमा रहेको रंगशालामा आतंकवादी आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ ।  म्यान्चेस्टर एरिना रंगशालामा गराइएको बम विष्फोटमा अरु ५० बढी घाईते भएका छन् । स्थानीय समयअनुसार राती साढे १० बजे रंगशालामा बम विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यमले जनाएका छन् । 
रंगशालामा अमेरिकी गायिका एरियाना ग्रान्डेले सांगीतिक प्रस्तुती दिइरहेका बेला बम आक्रमण भएको जनाइएको छ । आक्रमणमा ग्रान्डे भने सकुशल रहेको ग्राण्डेका प्रवक्ताले जनाएका छन् । २१ हजार दर्शक क्ष्ँमताको रंगशालामा सांगीतिक प्रस्तुतीका बेला बालबालिकाहरु पनि सहभागी रहेकाले मारिने तथा घाइते हुनेमा बालबालिका पनि रहेको हुनसक्ने अनुमान गरिएको छ । 
बेलायती प्रहरीले घटनालाई आतंकवादसँग जोडेर प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ ।