विश्व

सिरिया युद्धमा रासायनिक हतियार प्रयोग

सिरिया– सिरियामा दुईहप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रसायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु) ले कम्तिमा ८७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रसायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको बताएको छ । 
आक्रमणमा परेका १० जनाबाट लिइएको नमुना विभिन्न चारवटा प्रयोगशालमा परीक्षण गरिएको हो । परीक्षणबाट रसायनिक हतियार प्रयोग भएको देखिएको ओपिसिडब्लुले जनाएको छ । सरकारी पक्षबाट आक्रमण भएको हो । तर सिरियाली सेनाले रसायनिक हतियार प्रयोग नगरेको दाबी गर्दै आएको छ ।
आक्रमणका लागि रुसले सहयोग गरेको पनि आरोप छ । रसायनिक आक्रमणपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डालाई लक्षित गरी कारवाही अभियान चलाएको छ ।