न्युयोर्क

न्यूयोर्कमा बुद्ध दर्शनसम्बन्धी अन्तरक्रिया

न्यूयोर्क । हिमालयन बुद्धिष्ट कम्युनिटी र नेवाः गुठी अमेरिकाको संयुक्त आयोजनामा न्यूयोर्कमा बुद्ध दर्शनसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । न्यूयोर्कको ज्याक्सनहाईटस्थित शेर्पा किदुकमा भएको कार्यक्रममा डा. विक्षु प्रज्ञालोक र डा. मिलन शाक्यले बुद्ध दर्शनसम्बन्धी आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा विभिन्न संगसंगठनमा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । बक्ताहरुले बुद्ध दर्शन र वास्तविकता बारे प्रष्ट्याएका थिए ।