कला-साहित्य

प्रेम दिवसभित्र तिमी र म

जिन्दगीको सत्य बाटो 
हिँड्न नजान्दै 
तय गरेको बाटो 
यहाँसम्म आइेपुग्दा 
कति बक्ररेखाहरु 
टेकिए होलान् 
कति अन्जान्पनमा 
परिभाषित् भए होलान् 
तथापि आइेपुग्यौं 
आजको यो मोडसम्म । 
जिन्दगीबाट भाग्न नसकी 
कति सुस्केराहरु र्मायौं 
शायद .......,
कति पीडाहरुसँग हा¥यौं 
शायद ..........,
ती त केवल जोड, घटाऊ 
थिए जीवनका,
कहिल्यै नथाकी जिन्दगीका 
उकालीहरुमा 
तिम्रो हात समाइे उक्लिरहें म 
कुनैदिन होला सानो 
सुखको संसार भन्दै 
कल्पिरहें म ।
हो.......,
नहार्नु जिन्दगीलाई जित्नु हो 
नथाक्नु जिन्दगीको गन्तब्यमा 
पुग्नु हो, 
कैयौं आँशुका धारा पिएपनि 
जिन्दगीलाई अमृतकै बर्षात 
मान्नु पर्दोरैछ,
हजारौं संघर्षको भुमरिमा पिल्सिए पनि 
जीवनलाई खुशीकै प्रसाद 
ठान्नुपर्दो रैछ,
यसैले त जीवन छ 
अनि....... 
जीवनभित्र हामी छौं 
र..........,
यो प्रेमदिवस आज हाम्रो 
संघारमा मुस्काइे रहेछ ।

आचार्य प्रभा 
हाल, कोलोराडो