न्युयोर्क

न्यूयोर्क समाचारको बजार व्यवस्थापनमा कुल बहादुर र दिपेश नियुक्त

न्यूयोर्क । न्यूयोर्क मिडिया इन्टरनेशनल इन्कद्वारा सञ्चालित न्यूयोर्क समाचारको बजार व्यवस्थापनमा कुल बहादुर राना मगर र दिपेश बाराकोटी मगर नियुक्त हुन भएको छ । न्यूयोर्क समाचार पाक्षिकलाई थप व्यवस्थित र घर घरमा पु¥याउने उद्देश्य अनुरुप उहाँहरुलाई नियुक्त गरिएको व्यवस्थापन पक्षले जनाएको छ । नेपालको राष्ट्रिय दैनिक र रेडियोको व्यवस्थापनमा लामो समय सम्म अनुभव संगाल्नु भएका दुबै जना न्यूयोर्क मिडिया इन्टर नेशनल इन्कका संस्थापक बोर्ड अफ डाइरेक्टर समेत हुनुहुन्छ ।
करिव ४ वर्ष नेपालको राजधानी राष्ट्रिय दैनिकमा बजार व्यवस्थापनको जिम्मेवारी सम्हालीसक्नु भएका कुल बहादुर राना मगरले न्यूयोर्क समाचारको प्रमुख बजार व्यवस्थापकको जिम्मेवारी सम्हाल्नु भएको छ । त्यस्तै राजधानी दैनिक र रेडियोको व्यवस्थापनमा करिव ३ वर्ष काम गर्नु भएका दिपेश बाराकोटी मगरले न्यूयोर्क समाचारको आर्थिक व्यूरो प्रमुख जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँहरु दुबैजनालाई तीन महिनाका लागि जिम्मेवारी तोकिएको छ ।