कला-साहित्य

गजल

मधेसतिर पालको घरमा छन्
आँधी, हुरि तुफानको डरमा छन्

डसना र सिरानीको बास छैन
चिसो भुई पराल र खरमा छन्

बासी चुलो आगो बल्दैन साँझमा
चट्पटे, पानी–पुरीको भरमा छन्

शीत लहरले मर्दैछन् बुद्धहरु
त्रिपालमुनि बडो असरमा छन्

भोक, शोक र रोगको आतङ्कमा
कठै जिन्दगी बाच्ने जबरमा छन्  

मञ्जुल मिथोच
काठमाडौ