कला-साहित्य

गीत

के दिऊ तिमीलाई ?

लौ भन तिमीलाई म, फूल दिउँ कि पात दिउँ
नलजाई भन मलाई, ज्यान दिउँ कि साथ दिउँ ।

म त तिम्रो मान्छे भई सकें, तिमीभित्र हराई सकें
यो गल्ती नभन है प्रिय, मनैदेखि मन पराई सकें

आफ्नै ठानेर माग, यो दिन दिउँ कि यो रात दिउँ
म त तिम्रै भई सकें, यो ज्यान दिउँ कि साथ दिउँ

तिमिले रोए रोई दिन्छु, तिमीले हाँसे हाँसी दिन्छु ।
हिरा मोती हैन प्रिय, प्रेमको माला गाँसी दिन्छु ।

मागे पनि घात दिन्न, विश्वास दिऊँ कि याद दिउँ
म त तिम्रै भई सकें, यो ज्यान दिउँ कि साथ दिउँ ।


विश्व थक्लुङ् लिम्बू