न्युयोर्क

सपथग्रहण नजिकिँदै गर्दा ट्रम्प विरुद्ध विभिन्न आरोप !

अमेरिका– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुव्र्यवहारको आरोपले घेरिएका छन् । ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।
रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुव्र्यवहार गर्ने ट्रम्प विरुद्ध मान हानीको मुद्दा दायर गरेको अन्तर्राष्ट्रि सञ्चार माध्यामले जनाएका छन् । ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुव्र्यवहार गरेको जर्वासको भनाइ छ ।
लस एन्जल्समा भएको पत्रकार सम्मेलनमा जवार्सले भनिन्– ‘ट्रम्प झुट र महिला विरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’ ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गर्नु बाहेक विकल्प नरहेकाले कानुनी बाटोमा लागेको जर्वासले बताइन् । जागिरका लागि बेवेर्ली हिल्स होटलमा भएको छलफलको क्रममा ट्रम्पले आफूमाथि यौन दुव्र्यहार गरेको उनले बताएकी छन् । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० अर्थात आउँदो शुक्रबार सपथ लिँदैछन् ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पका बारेमा आफूहरुसँग आपत्तिजन जानकारी रहेको भन्ने आरोप कपोलकल्पित र हल्का झुट रहेको बताएका छन् । ट्रम्प राजनीतिमा आउनु पूर्व नै उनका बारेमा निगरानी गर्नु पर्ने कुनै कारण नै नरहेको भन्दै पुटिनले प्रश्न गरे । ट्रम्पका बारेमा आपत्तिजनक जानकारी रहेको भन्दै आफूहरुमाथि आरोप लगाउनु वेश्यावृत्ति भन्दा खराब रहेको पुटिनको भनाई छ । अमेरिकी गुप्तचर विभागले गएको हप्ता रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्न खोजेको र ट्रम्पको व्यक्तिगत जिन्दगीका बारेमा उनीसँग गोप्य र आपत्तिजनक डिभियोसहितका जानकारी रहेको बताएको थियो । ट्रम्प सन् २०१३ मा मस्कोमा भएको मिस युनिभर्समा गएको र त्यसबेला त्यहाँको रिट्ज कारल्टन होटलमा ट्रम्प एक यौनकर्मी महिलासँग बसेको आरोप छ । रुससँग त्यसबेलाको भिडियो रहेको उल्लेख छ ।