न्युयोर्क

राष्ट्रका नाममा ओबामाले गरे बिदाई सम्बोधन

न्यूयोर्क– अमेरीकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा विदाइ सम्बोधन गरेका छन् ।  शिकागोमा आफ्नो अन्तिम सम्बोधनका क्रममा ओबामाले आफ्नो ८ वर्षे कार्यकालको उपलब्धीको व्याख्या गरे । ओबामाले पछिल्लो आठ वर्षमा अमेरीका अझ मजबुत तथा समृद्ध भएको दाबी गरे ।

 प्रगतीशिल परिवर्तनको आफ्नो अवधारणलाइ आफूले नत्यागेको ओबामाको भनाइ थियो । ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे । ओबामाले आफ्नी पत्नी मिशेल ओबामा, उपराष्ट्रपति जो बाइडन, स्वयंसेवक तथा सम्पुर्ण अमेरीकी जनतालाइ धन्यवाद पनि दिए । ओबामा सन् २००८ तथा २०१२ मा भएको चुनावमा विजयी भएर राष्ट्रपति बनेका थिए ।

अमेरिकाको पहिलो काला वर्णका राष्ट्रपतिको रुपमा ओबामाले सन् २००८ मा आशा र परिवर्तनको नारा लिएर सत्ता सम्हालेका थिए । सो सम्बोधनका क्रममा उनले  डोनाल्ड ट्रम्पको जीतबाट निरुत्साहित भएका आफना समर्थकलाई देशको भविष्यप्रति आशावादी हुन आग्रह गरेका छन् । उनले आफ्नो भाषणको क्रममा जनतालाई आफू पनि अबका दिनमा उनीहरु जस्तै एक नागरिक भएर बस्ने बताएका थिए । उनले प्रजातन्त्रका लागि गरिने काम सधै कठिन,  विवादित तथा  कठोर हुने बताए ।

साथै उनले यदि हामी डरसँग झुक्यौं भने प्रजातन्त्र पनि समाप्त हुने बताएका थिए । ओबामाले अमेरिकी जनतालाई प्रजातन्त्रको रक्षा गर्न आग्रह पनि गरेका थिए । ओबामाले शक्तिको सहज हस्तान्तरणको प्रतिज्ञा गरेका थिए । उपस्थित सहभागीहरुले अझै चार वर्ष भनेर चिच्याउँदा आफूले सो काम गर्न नसक्ने बताएका थिए । उनले भने, “सहज रुपमा शक्तिको हस्तान्तरण अमेरिकी प्रजातन्त्रको एक बिशेषता हो ।”

तर उनले भने यदि सबैले आर्थिक अवसर प्राप्त गनुपर्छ भन्ने होस भएन भने अमेरिकाको प्रजातन्त्र नचल्ने चेतावनी पनि दिए ।  नब निर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २० तारिखका दिन राष्ट्रपतिको सपथ ग्रहण गर्दैछन् ।