कला-साहित्य

गीत

आऊ न प्रिय ..
जुनतिर हेर्दै मौन बसौं न ।
सुन्दै अन्तरध्वनि, मनको ..
चुपचाप बसौं न ।
छाल के हेर्नु, सागरको
गहिराईमा डुबौं न ।
आऊ न प्रिय... उपवनमा
सुगन्धी हावाको बोली सुनौं न ।
फूल के हेर्नु, ओइलिझर्ने
खोजौं न मूल मायाको !
आऊ न प्रिय... पारिलो घाममा
गीत बनी, नाचौं न जीवन धाममा ।