कला-साहित्य

गजल

बन्द हड्ताल राजनीति दलको पेवा भयो
राष्ट्रको सम्पत्ति तिनीहरूलाई मेवा भयो ।

जनताहरु मरुन् कसलाई के मतलब छ र ?
भ्रष्टाचार त यिनीहरूले दिने सेवा भयो ।

देश उँभो लागोस् या नलागोस् फरक परेन
तर आफ्नो स्वार्थ पुरा गर्ने मजबुत टेवा भयो ।

अलमलाई राखेका जनतालाई खिचातानी मै
उठेको राजश्व विदेशी बैंकमा राख्ने ढेवा भयो ।

ए जनता चुप लागेरपछि लाग नेताहरूको
हेर त्यहाँ तिम्रो आँसु जमेर ताल फेवा भयो ।