विश्व

जापानमा फेरि शक्तिशाली भूकम्पको धक्का

जापान, ९ मंसिर । तीन दिन अघि शक्तिशाली भूकम्प गएको जापानको फुकुसिमा क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ ।  स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिन अघि फुकुसिमा क्षेत्रमा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । केहीले भने ७. ४ रेक्टर स्केलको भूकम्प गएको दाबी गरेका थिए । आज विहान गएको  भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पराकम्प गएको छ । ४.६ देखि ३.८ रेक्टर स्केलका परकम्प महशुस गरिएको जनाइएको छ । 
भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन । साथै अहिलेसम्म सुनामीको चेतावनी पनि दिइएको छैन । फुुकुसिमालाई केन्द्र बनाएर गएको तीन दिन अघि गएको भूकम्पमा भने सुनामीको चेतावनी दिइएको थियो । सरकारले नागरिकलाई सचेत हुन आग्रह गरेको थियो ।