विश्व

जापानमा शक्तिशाली भूकम्प, १० फिट अग्लो सुनामी

जापान (एजेन्सी)– जापानको उत्तर–पूर्वी तटमा शक्तिशाली भूकम्पको धक्का धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा  १० फिट अग्लो सुनामीको छाल आएको छ । मंगलबार विहान  फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूपम्पपछि सुनामीको छाल उठेपछि क्षतिको विवरण भने आइसकेको छैन । सुनामीको खतरा रहेको भन्दै सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताएका छन् । भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको अहिलेसम्म कूने विवरण आएको छैन । 

जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

७ मंसिर २०७३ ।