विश्व

न्युजिल्याण्ड शक्तिशाली भूकम्प

एजेन्सी– न्युजिल्याण्डमा ७ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर सो भुकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ । भुकम्पको धक्का राजधानी वेलिङ्टनसाहित मुख्य शहरहरु ह्यामिल्टन र औकल्याण्डमा समेत महसुस गरिएको थियो । स्थानीय समयअनुसार राती ११ बजे भुकम्प गएको स्थानीय सञ्चार संस्थाले जनाएका छन् । सरकारी अधिकारीहरुले पराकम्प आउनसक्ने भन्दै जनतालाई सचेत रहन सुचित गरेका छन् । तत्काल क्षतीको विवरण आइसकेको छैन । विद्युत, संचार लगायतका सुविधाहरु नियमित रहेको जनाइएको छ । अधिकारीहरुले सुनामीको कुनै चेतावनी दिएका छैनन् ।