विश्व

दिल्ली तुँवालोले भरियो, तीन दिन सार्वजनिक विदा

भारत– भारतको राजधानी नयाँ दिल्लीमा बायु प्रदुषणको स्तर बढेसँगै दिल्ली सरकारले तीन दिनका लागि सार्वजनिक बिदाको घोषणा गरेको छ ।  नयाँ दिल्लीमा पछिल्ला केही दिनमा बायु प्रदुषणका कारण भिषण तुँवालो लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।

बायु प्रदुषण अत्यधिक भएपछि दिल्ली सरकारले तीन दिन विद्यालय लगायतका सबै कार्यालयका लागि सार्बजनिक विदाको घोषणा गरेको छ ।  त्यस्तै पाँच दिनका लागि सबै निर्माण कार्य बन्द गर्न सूचना जारी गरेको छ । दिल्ली सरकारले नयाँ दिल्लीमा कृत्रिम वर्षा गराउने बारे पनि सोचिरहेको जनाएको छ । बायु प्रदुषणका कारण दिल्लीमा मास्कको व्यापार बढेको जनाइएको छ । नयाँ दिल्ली विश्वका सबैभन्दा प्रदुषित शहरमध्येमा पर्दछ ।

२३ कार्तिक २०७३ ।