न्युयोर्क

रोयटर्सको रिपोर्ट, क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत

अमेरिका– अमेरिकी राष्ट्रपति चुनावको मतदान सुरु हुनु केही घण्टाअघि सार्वजनिक भएको मतसर्वेक्षण अनुसार डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने सम्भावना बलियो रहेको देखाएको छ ।  समाचार संस्था रोयटर्सले इप्सोस स्टेट्स अफ द नेशन प्रोजेक्टसँग मिलेर गरेको अन्तिम सर्वेक्षणमा क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत रहेको देखिएको हो ।

यस्तै पपुलर मतमा पनि क्लिन्टन अघि रहेको सर्वेक्षणले देखाएको छ । यसमा क्लिन्टनको ४५ प्रतिशत तथा ट्रम्पको ४२ प्रतिशत छ ।  अमेरिकी राष्ट्रपतिमा चुनिनका लागि दुई सय ७० इलेक्ट्रोल चाहिलनेमा क्लिन्टनको पक्षमा तीन सय तीन तथा ट्रम्पको पक्षमा दुई सय ३५ रहेको सर्वेक्षणमा देखिएको रोयटर्सले जनाएको छ । विचार परिवर्तन गर्ने श्वेत, अश्वेत तथा हिस्पेनिस मतदाताको मत महत्वपूर्ण हुनेछ ।

यसैबीच, अमेरकिाको संघीय अनुसन्धान ब्युरो एफबीआइले हिलारी क्लिन्टनको इमेलमाथि गर्ने भनिएको नयाँ छानविन नगर्ने भएपछि जनमत क्लिन्टनको पक्षमा बढेको हो । एफबीआइका निर्देशक जेम्स कोमीले अमेरीकी कङ्ग्रेसलाइ एक पत्र लेख्दै डमेक्र्याटीक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनको इमेलमाथी गरिने भनेको नयाँ छानबीन नगरिने जनाएका हुन् । 

कोमीका अनुसार एफबीआइले हालैमात्र गरेको इमेल पुनरावलोकन तथा गत जुलाइमा गरिएको विस्तृत छानबीनमा कुनै अन्तर देखिएको छैन । कोमीका अनुसार एक हप्ता लामो इमेल पुनरावलोकनबाट कुनै नयाँ तथ्य सँर्वजनिक भएको छैन । यसअघि जुलाईमा पनि एफबिआईले अनुसन्धान गरि क्लिन्टनमाथी कुनै पनि आपराधीक मुद्दा नचलाउने निर्णय गरेको थियो । एफबिआईले अहिले पनि त्यहि निर्णयलाई सदर गरेको छ । 

त्यस्तै, रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्प भने एफबीआइको यस घोषणाले रुष्ट बनेका छन् । उनले मिचिगनमा भएको एक ¥यालीलाई सम्बोधन गर्दै एफबीआइ नै क्लिन्टनको पक्षमा रहेको आरोप लगाए । ट्रम्पले केही समय यता अमेरीकाका सबै संयन्त्र तथा प्रणाली नै आफू विरुद्ध रहेको बताउँदै आएका छन् ।

२३ कार्तिक २०७३ ।