न्युयोर्क

अमेरिकामा सडक दुर्घटनामा चार नेपालीको मृत्यु

न्यूयोर्क– अमेरिकाको जर्जिया राज्यमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्य भएको छ । जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग कार ठोक्दिा चार जना नेपालीले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । 
दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी पिपलधारा–७ कटौंजेका चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको हो । सुवेदी, खनालका कान्छा छोराकी प्रेमिका भएको बताइएको छ । कारमा ६ जना सवार थिए । 

दुर्घटनामा खनालका छोराद्वय समीर खनाल र सुवास खनाल भने घाइते भएका छन् । रातको नौ बजे खनाल परिवार सवार कार ‘२९६’नामक राजमार्ग बाट जर्जियाकोउत्तरी दिशातर्फ गईरहेको अवस्थामा राजमार्ग‘८८’मामालबाहक ट्रकसँग ठोक्किएको थियो ।