न्युयोर्क

न्यूयोर्क सिटी, कम्ट्रोलर अफिसबाट फिप्ना सम्मानित

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूयोर्क सिटीको कम्ट्रोलर अफिसबाट सम्मानित भएको छ । महासंघलाई सिकीका कम्ट्रोलर स्कट एम स्त्रिंगरले सम्मान पत्र प्रदान गरेका हुन् । न्यूयोर्कमा एक दशकभन्दा लामो समय नेपाली समुदायमा बिभिन्न किसिमको सामाजिक कार्य निरन्तर गरेको र ‘नेपाल डे’ जस्तो बृहत् कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा न्यूयोर्क सिटीका स्त्रिंगरले फिप्नालाई सम्मान गरेका थिए । सम्मान गर्नका लागि सम्मानपत्रसहित कम्ट्रोलर स्कटका प्रतिनिधि आलिया लातिफ पनि कार्यक्रममा उपस्थित भएकी थिईन् । कार्यक्रमा बोल्दै आलियाले फिप्नाले गरेको कार्यक्रमको प्रसंसा गरिन् ।

संघीय परिषद्को सभामुख बिनोद पोमो

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वर्षका लागि संघीय परिषद्को सभामुखमा किराँत याक्थुम चुम्लुङको प्रतिनिधि बिनोद पोमो र उपसभामुखमा वालुंग समाजका प्रतिनिधि डिकी डोल्मा सर्बसहमतिमा निर्वाचित भएका छन् । संघीय परिषद्ले फिप्नाको नीति नियम तथा कार्यक्रमहरु पास गरी कार्यसमितिलाई आवश्यक निर्देशन गर्ने गर्दछ । महासंघको संघीय परिषद् महाधिबेशनपछिको दोस्रो ठूलो शक्तिशाली निकाय हो ।
सन् २००५ मा न्यूयोर्कमा क्रियाशिल सांस्कृतिक (जातीय) संस्थाहरुको छाता संस्थाको रुपमा स्थापित संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संघीय परिषद् बैठक अक्टोबर १६, २०१६ को दिन महासंघको आफ्नै कार्यालयमा सम्पन्न भएको हो । फिप्नामा प्रत्येक सदस्य संस्थाको कम्तिमा एकजना महिला अनिवार्यसहित ४ जना २ वर्षको लागि प्रतिनिधि रहन्छन् । उपस्थित संघीय प्रतिनिधिहरु मध्ये उमेरको आधारमा वरिष्ठ शेरजंग गुरुङको सभापतित्वमा सम्पन्न भएको बैठकमा फिप्नाको संस्थागत कार्यप्रगति विवरण महासचिब प्रेम गुरुङको प्रतिवेदन, कोषाध्यक्ष राजकुमार बिष्टको आर्थिक प्रतिवेदन र भावी कार्ययोजनाको बोरमा अध्यक्ष लुईसाङ वाईबाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपस्थित प्रतिनिधिहरुले कार्यसमितिबाट प्रस्ताब गरेको विधानको विभिन्न धाराहरुमा छलफल गरी सर्बसहमतिमा संशोधन पारित गरेका थिए । उक्त कार्यक्रममा फिप्नाका सल्लाहकारहरु मानबहादुर रानामगर, दिपेश लिम्बु, भारत लामा र छेपक दोर्जे गुरुङका साथै भोजराज थोकर, बिआर लामा, सुमन बुढा मगर, शान्ता थोकर, फूलमाया गुरुङ, नान्साङ शेर्पालगायतले शुभकामना मन्तब्य दिएका थिए ।