न्युयोर्क

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

- प्रशान एलुङ् राई

न्यूयोर्क । दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । संघले गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझमा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।
नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघद्धारा प्रकाशित ‘कलाकार’ नामक स्मारिकाको बिमोचन गरिएको थियो । पत्रकार प्रदीप थापा मगरद्धारा सम्पादित उक्त स्मारिका कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका उपप्रमुख कृषु क्षेत्री, वरिष्ठ संगीतकार शरद गुरुङ्, संघका अध्यक्ष सुमन बुढामगर र सम्पादक थापा मगरले संयुक्त रुपमा बिमोचन गरेका थिए । स्मारिकामा नेपाली कलाकारहरु विगत र वर्तमान, समसामयीक लेख रचना, कलाकारहरुको सूचीसँगै संघले बिभिन्न समयमा आयोजना गरेको विविध कार्यक्रमहरुको बारेमा सामग्री समाबेस गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कृषु क्षेत्रीले अमेरिकामा रहेका बिभिन्न क्षेत्रका कलाकारहरुलाई संघले एकबद्ध गराई बिभिन्न समयमा आयोजना गर्दै आएको विविध् रचनात्मक कार्यहरुको प्रशंसा गरे । प्रवासमा रहेर पनि नेपाली कला, भाषा र संस्कृति संरक्षणमा कलाकारहरुले पु¥याउँदै आएको योगदान सराहणिय रहेको क्षेत्रीले बताए ।
सोही कार्यक्रममा वरिष्ठ संगीतकार शरद गुरुङले कलाकार र उनीहरुको योगदान राज्यभन्दा माथि रहने बताए । नेपाली राष्ट्र गानका संगीत संयोजक (एरेन्ञ्जर) समेत रहेका गुरुङ वरिष्ठ संगीतकार अम्बर गुरुङका छोरा हुन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विक्रान्त बस्नेत, महासचिव अभय ढुंगेललगायतले कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।
संघले स्थापनाकालदेखि हरेक वर्ष दशंै तिहारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

वन्त र डंगोललाई लाईफटायम अचिभ्मेन्ट अवार्ड
कार्यक्रममा वरिष्ठ कलाकारद्धय धु्रव वन्त र न्यूँछेनारायण डंगोललाई लाईफटायम अचिभ्मेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो । अमेरिकामा नेपाली कला र संस्कृति संरक्षण र संवद्र्धनको लागि निरन्तर रुपमा महत्वपूर्ण योगदान पु¥याए बापत वन्त र डंगोललाई उक्त सम्मान प्रदान गरिएको थियो । वन्त अमेरिकामा आएर स्थायी रुपमा नेपाली कला प्रस्तुत गर्ने पहिलो कलाकार हुन भने डंगोल नेपालदेखि बाद्यवादन क्षेत्रमा सक्रिय रहदै आएका पुराना संगीतकार हुन ।
कार्यक्रममा संस्था पूर्वअध्यक्ष गम्बु शेर्पा र कोरियोग्राफर विजय नकर्मीलाई पनि बिशेष सम्मान गरिएको थियो । आफ्ना गुरु वसन्त श्रेष्ठको नाममा स्थापित वसन्त डान्स सेन्टरका कोरियोग्राफर विजय नकर्मीको कुशल कोरियोग्राफीमा रहेको दशैं बिशेष प्रस्तुतिबाट सांस्कृतिक कार्यक्रम आरम्भ गरिएको थियो । देवी र दैत्यबीचको लडाई, दशैं पर्वको महत्व र यसको सांस्कृतिक पक्षलाई नकर्मीले डेड दर्जनभन्दा बढि कलाकारहरु समाबेश गरेर सुन्दर समायोजन गरेका थिए ।
सोही कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका स्थापित अभिनेता गणेश उप्रेती, अभिनेत्री नन्दिता केसी, नायिका मीरा गुरुङ, अनु वन्त, सुष्मा अधिकारीलगायतका कलाकारहरुले बिभिन्न गीतमा आर्कषक नृत्य प्रस्तुत गरे । कार्यक्रममा वरिष्ठ गायिका सपना श्री, चर्चित एवं लोकप्रिय गायक जगदिश समाल, बुद्धिसागर बस्याल, श्याम भट्टराई, सुमन बुढामगर, अभय ढुंगेल, बिमल डाँगी, संगीता थापा मगर, राजेन्द्र राई, नीशा सुनार, सरीता डाँगी, बसन्ती राई, प्रेम सुनारलगायतले बिभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । सांस्कृति कार्यक्रम अन्र्तगत सामुहिक गीतमा तारा गुरुङ, प्रलय राजभण्डारी, कृष थापा, विश्व शाह, यादव गौतम, गम गुरुङ, ममता राई, लमु शेर्पा, शिताष्मा ढुंगेल, नविन श्रेष्ठ, लेकी शेर्पा, मिन्दी शेर्पालगायतका कलाकारहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

कुन कुन कलाकार देखिएनन ?
जो प्रचार सामाग्रीमा थिए ?

अमेरिकाभर रहेका कलाकारहरुको प्रस्तुति रहने भनि प्रचार सामाग्रीमा जनाईए पनि न्यूयोर्कबाहिरका अधिकांश कलाकारहरु कार्यक्रममा अनुपस्थित रहे । कार्यक्रममा नायिकाहरु जल शाह, सज्जा मैनाली, अरुणिमा लम्साल, ऋचा घिमिरे, सम्झना खड्कासँगै अमृत गुरुङ, सुमन सिंहलगायतका अभिनेताहरु कार्यक्रममा देखिएनन् । यसैगरी कार्यक्रमको प्रचार सामाग्रीमा रहेका गायक रोशन गुरुङ, भगवान भण्डारी, गायिका शान्ति भण्डारी पनि कार्यक्रममा अनुपस्थित भए । जल शाह, रोशन गुरुङ, सज्जा मैनालीलगायतका कलाकारहरुले कार्यक्रममा अनुपस्थित रहने पूर्व जानकारी गराए पनि कार्यक्रमको अघिल्लो दिनसम्म कार्यक्रमको अन्तिम तयारीमा रहेका लोक दोहोरी गायक भगवान भण्डारी, गायिका शान्ति भण्डारीलगायतका अन्य केही कलाकारहरुले अन्तिम समयमा संघको कार्यक्रम छोडेर अन्यत्रै सहभागी हुन गएकोमा संघका अध्यक्ष सुमन बुढामगरले दुःख व्यक्त गरे ।