कला-साहित्य

गीत मेरो मनको जुन

दीपक कथित
हाल : काठमाडौं

मेरो मनको जुनसँग, मौनतामा बात भयो
उनीलाई या म आफैलाई अन्तर्घात भयो ।

एउटा आँखा सडक वारी, अर्को सडक पारी
नजाऊँ भन्थेँ कहिल्यै पनि, उनको साथ छाडी
मेरो मनको जुनसँग, मौनतामा बात भयो
उनीलाई या म आफैलाई अन्तर्घात भयो ।

आँखा छाडेँ सडकमै, अँधेरीमा पाइला चालेँ
नदेखेर आफ्नै बाटो, मनको बत्ती पनि बालेँ
मेरो मन भिजाउने, त्यही कालो रात भयो
मेरो मनको जुनसँग, मौनतामा बात भयो
उनीलाई या म आफैलाई अन्तर्घात भयो ।