विश्व

इटालीमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी– इटालीको मकेराटा क्षेत्रमा पर्ने मार्केमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । स्थानीय समयअनुसार बुधबार राति ९ः१८ बजे ५.९ रिक्टर स्केलको भूकम्प गएको इटालीको भूकम्प तथा ज्वालामुखी विभागले जनाएको छ।

उमब्रिया क्षेत्रको राजधानी पेरुग्य र मकेराटाको बीचमा पर्ने भालनेरिना उपत्यकालाई केन्द्रविन्दु बनाएर करिब नौ किलोमिटर गहिराईबाट भूकम्प गएको विभागले जनाएको छ। 

भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन्। इटालीमै दुई महिना अगाडि पनि निकै शक्तिशाली भूकम्प गएको थियो। सो ठाउमा भूकम्पका कारण केही घरहरु भत्किएका छन् भने एक जना घाइते भएका बताइएको छ। घटनामा परेर कसैको निधन भएको खबर अहिले सम्म नआएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

भूकम्पको पराकम्पन आउन सक्ने त्रासले घर छाडेकाहरुलाई बस्नका लागि टहराहरु बनाइएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सरकारी संचार माध्यमहरुले जनाएका छन्। 

दुबै भूकम्प मार्के क्षेत्र सहित पेरुग्य र एन्कोलका सहरहरुमा र राजधानी रोममा समेत महशुष गरिएको थयो। राजधानी रोम भूकम्पको केन्द्रविन्दु रहेको ठाउदेखि झण्डै २३० किलोमिटर टाढा पर्दछ। 

११ कार्तिक २०७३ ।