न्युयोर्क

अक्टोबर ७ मा घन्कीदैछ न्यूयोर्क

न्यूयोर्क । हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले यहि अक्टोबर ७ तारिखमा न्यूयोर्कमा ‘दशैं शुभकामना साँझ– २०१६’ को आयोजना गरेको छ । 
न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा हुन लागेको कार्यक्रमको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् । संघले विगतका वर्षहरुमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने गरे पनि यो वर्ष फरक ढंगले कार्यक्रम आयोजना गर्दैछ । संघले न्यूयोर्क बाहिर रहेका कलाकारहरुको प्रस्तुतिलाई विशेष महत्व दिएको छ । कार्यक्रममा अमेरिकामा रहेका अधिकांश नेपाली कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यमा रहेका चर्चित नेपाली कलाकारहरुलाई आमन्त्रण गरिएको छ । संघले यो वर्षबाट ‘दशैं शुभकामना साँझ’ लाई नै फरक ढंगले प्रस्तुत गर्ने विशेष कार्ययोजना सार्वजनिक गरेको छ । 
‘दशैं शुभकामना साँझ–२०१६’ मा चर्चित कलाकारहरु जल शाह, पुजा चन्द, सज्जा मैनाली, अरुणिमा लम्साल, नन्दिता केसी, ऋचा घिमिरे, सम्झना खड्कासँगै धु्रव वन्त, अनु वन्त, गणेश उप्रेती, अमृत लामा, शान्ति भण्डारी, भगवान भण्डारी, श्याम भट्टराई, बुद्धिसागर बस्याल, सुमन सिंह, सरगम राज, बिक्की पुलामी, अनुजा थापा र सुस्मा अधिकारीलगायतका कलाकारहरुले बिभिन्न प्रस्तुति गर्नेछन् । त्यस्तै कार्यक्रममा न्यूयोर्कमा रहेका चर्चित कलाकारहरुको पनि विशेष प्रस्तुति रहने आयोजकले बताएका छन् ।