विश्व

जम्मु काश्मिरमा गोलाबारी, युद्धको त्रास

एजेन्सी–  भारत र पाकिस्तानको नियन्त्रण रेखा अखनुर सेक्टरमा गोलाबारी भएको छ। समाचार संस्था बीबीसीका अनुसार पछिल्लो ३६ घन्टामा तेस्रो पटक गोलाबारी भएको हो। जम्मुमा तैनाथ भारतीय सुरक्षा अधिकारीले पाकिस्तानले फरवार्ड पोस्टमा छोटो हतियारद्धारा फायरिङ गरेको बताएको छ। फायरिङ गएराति साडे १२ बजेदेखि १ बजे सम्म भएको बीबीसीले जनाइएको छ। गोलाबारीबाट कुनै हताहत नभएको बताइएको छ।
यसअघि सिमामा दुई देशका सेनाबीच बिहीबार गोली हानाहान हुँदा दुई पाकिस्तानी सेनाको मृत्यु भएको पाकिस्तानी पक्षले दाबी गरेता पनि भारतीय सेनाले भने ठूलो संख्यामा हताहत भएको दाबी गरेको छ । पाकिस्तानी भूमिमा प्रवेश गरी भारतीय सेनाले गरको कारबाहीका क्रममा एक भारतीय सेनालाई पक्राउ गरेको पाकिस्तानले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नुका साथै रणनीति परिवर्तन गर्न समेत निर्देशन दिएका छन् ।

उता पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भने पाकिस्तान चुपलागेर बस्नुको अर्थ कमजोर नभएको चेनावनीपूर्ण धम्की दिएका छन् । दुई देशबीचको द्वन्द्वले पाकिस्तानमा हुने भनिएको १९ औं सार्क सम्मेलन समेत अन्यौलन बनेको छ भने दुइ देशबीच युद्व हुने संकेतले त्रास छाएको छ । सो घटना भएपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले मन्त्रीमण्डल तथा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।

१४ असोज, २०७३ ।