न्युयोर्क

एन्टाको अध्यक्षमा सुनिल साह निर्वाचित

ओहायो । एसोशियसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)को अध्यक्षमा सुनिल साह निर्वाचित भएका छन् । एन्टा अमेरिकामा रहेका तराईवासी नेपालीहरुको संगठन हो । ओहायो राज्यको कोलम्बसमा भएको चौथो सम्मेलनले साहलाई अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनले बरिष्ठ उपाध्यक्षमा राम नरेश पाण्डे, महासचिवमा संगित रौनियार, र कोषाध्यक्षमा नविन शाहलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शोभा मण्डल, मधु साह र चेत नारायण यादव चयन भएका छन् । सम्मेलनले तीन महिनाका लागि एडहक समिति पनि गठन गरेको छ । समितिमा प्रमोद मिश्र, सुवोध मल्लिक, विप्लव यादव, नवल यादव र त्रिभुवन चौधरी रहेका छन् । एडहक समितिले एन्टाभित्र देखिएका विवाद समाधानका लागि असन्तुष्ट पक्षसँग छलफल गर्ने जिम्मेवारी पाएको छ । सम्मेलनमा नेपाली समुदायको उत्थानका लागि योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।