कला-साहित्य

गजल

कसको पछि लाग्नु खै यहाँ सिद्धान्त हजार छन् 
भाषाको घाँटी निमोठी यहाँ ढुङ्गामा पछार्छन्

मनपरी गरी जे लाग्छ मनमा त्यही गर्न नपाए
अध्ययन बिना विज्ञ हुँ भनी घमण्ड पसार्छन्

भो आशा छैन हामीलाई अब बन्द छ भनेर 
बाँदरले घर न आफ्नो छाउँछन् बनेको बिगार्छन

संयन्त्र कस्तो मिलाएछन् है ती भ्रष्टहरूले 
एक थरी खोक्छन् गरेर ख्वाक्क अरूले खकार्छन्

युवराज गौतम ‘अन्तरमुखी’
धादिङ, हाल कतार