कला-साहित्य

मुक्तक

यता मलाई ठिक्क पारी अन्तै कुरा चलाकी रै’छै ।
मनमा खाली राम जप्दै बगलिमा छुरा चलाकी रै’छै ।।
आफू त मान्छे सोझो साझो बुझिनछु चालबाजी 
मलाई सिन्दुर किन भन्दै अर्काको चुरा चलाकी रै’छै
.
सोँचेको थिए केही नयाँ र फरक हुनेछु भनेर ।।
सबै सबैको मन र मस्तिष्कलाई छुनेछु भनेर ।।
सबैको नजरमा केबल पागल साबित भएँ आज
आँशुले नपुग्दोरैछ,हरेकको पिँडामा रुनेछु भनेर ।।


बिष्णु पौडेल
बुटवल