न्युयोर्क

पूर्वराष्ट्रपति यादवको सल्यक्रिया सफल

न्यूयोर्क– पूर्व राष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया सफलतापूर्व गरिएको छ । अमेरिकाको मिचिगन शहरस्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया गरिएको हो । डा.मणिमेनन् समुहका चिकित्सकले गत बिहीवार उनको शल्यक्रिया गरेको थियो । उनलाई २४ घण्टा पोस्ट–अपमा राखिएपछि हाल पाहुनाघरमा सारिएको छ ।

उपचारमा संलग्न चिकित्सक तथा नर्सले  यादवलाई निगरानीमा राखेर उपचार गरिरहेको उनका छोरा चन्द्रशेखर यादवले जानकारी दिए । उनलाई केही हप्ता डा.मेननले जाँच गर्ने तालिका छ । उपचार पश्चात्त उनी नेपाल र्फकने छन् । प्रोस्टेट क्यान्सरको उपचारकै लागि नेपाल सरकारले उनलाई ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
९ असोज, २०७३ ।