विश्व

वासिंगटनमा गोलीकाण्डः चार जना मारिए

न्यूयोर्क– अमेरिकाको  वाशिंगटन राज्यस्थित उत्तरपश्चिमी इलाकामा भएको गोलीकाण्डमा चार जना मारिएका छन् । सियाटलबाट ६५ माइल उत्तरमा पर्ने बर्लिङ्टनस्थित क्यासकेड मलमा स्थानीय समयअनुसार साँझ साढे ७ बजे एक हिस्पानिक समुदायको व्यक्तिले गोली प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

गोली प्रहारपछि उक्त व्यक्ति फरार भएको र प्रहरीले उसलाई खोजिरहेको बताइएको छ।  करीब एक हप्ता अघि अर्था असोज २ गते पनि अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको थियो । बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएका थिए । त्यस्तै, सोही दिनमै न्युजर्सीमा पाइप बम बिस्फोट भएको थियो ।

८ साउन, २०७३ ।