न्युयोर्क

मूनद्वारा नेपालको संविधानको कार्यान्वयनबारे चासो

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रसंघ महासचिव वान कि मुनबीच भेटवार्ता भएको छ । भेटमा महासचिव मुनले नेपालको संविधानको कार्यान्वयनबारे चासो राखेका परराष्ट्रमन्त्री महतले बताएका छन्। मन्त्री महतले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी महासचिव मुनलाई गराउँदै अबको मुख्य कार्यभार विभिन्न तहको निर्वाचन सम्पन्न गर्नु रहेको बताएका थिए।

महासचिव मुनले नेपालमा संविधानसभाबाट संविधान निर्माण भएकोमा खुसी व्यक्त गर्दै कार्यान्वयनको सफलताको शुभकामना दिएका थिए। उनले यो चरणमा सम्बन्धित पक्षको सहमति हुने आशा पनि व्यक्त गरेका थिए।

८ असोज, २०७३ ।