विश्व

अमेरिका र रुसबीच आरोप–प्रत्यारोप

एजेन्सी– सिरिया घटनालाई लिएर अमेरिका र रसियाबीच आरोप–प्रत्यारोप चर्किएको छ ।  अमेरिकाले सिरियाको राहत सामग्री बोकेको ट्रक आक्रमणमा रुस जिम्मेवार भएको आरोप लगाएसँगै रुसले पनि त्यसको प्रतिवाद गरेको हो ।
सिरियाको एलेप्पो शहरमा राहत सामग्री बोकेको ट्रकमा सिरियाली सेनाले आक्रमण गर्दा एक रेडक्रस अधिकारीसहित २० जना मारिएको घटनाप्रति अमेरिकाले खेद प्रकट गर्दै रुसलाई जिम्मेवार ठहराएको थियो ।
रुसले भन्ने घटनामा आफनो संलग्नता अस्वीकार गर्दै आएको छ । यता, राष्ट्रसंघले भने सिरियामा सहायता सामग्री पुर्‍याउने जिम्मेवारी पाएका सबैलाई निलम्बन गरेको छ । एलेप्पोमा मानवीय सहायता सामग्री बोकेर गएको ट्रकमा आक्रमण गरिएपछि त्यसको जिम्मा पाएका सबै निलम्बनमा परेका हुन् ।  सहायता सामग्री लिएर एलेप्पो जान टर्कीको सीमा क्षेत्रमा सहायता सामग्री बोकेर रहेका ३१ मध्ये १८ ट्रक क्षतिग्रस्त भएका थिए ।