विश्व

सिरियाली सरकारलाई राष्ट्रसंघको अपील

एजेन्सी– संयुक्त राष्ट्रसंघले सिरियाली सरकारलाई मानअधिकारका घटना उल्लंघन नगर्न अपिल गरेको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिरियाली सरकारले आफनै नागरिकको हत्या गरिरहेको जिकीर गर्दै तत्काल युद्ध रोक्न अपील गरेका हुन् ।
पाँच बर्षदेखि जारी सशस्त्र हिंसामा आम नागरिक मारिएको भन्दै मुनले यसमा राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको आरोप समेत लगाएका छन् ।
यसैगरी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले महासभालाई सम्बोधन गर्दै बिश्वका सबै राष्ट्रलाई एकजुट हुन अपील गरेका छन् । उनले  संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न अपील गरे । साथै उनले विश्वका धेरै राष्ट्रको चुनौती शरणार्थी पनि भएकाले शरणार्थीहरुका लागि सहयोगी हातअघि बढ्नुपर्ने बताए । अमेरिकामा राष्ट्रसंघको महासभा जारी छ । जसमा विश्वभरका सरकारका प्रतिनिधिहरु सहभागी छन् ।