विश्व

न्युयोर्कमा बिस्फोट, कम्तिमा २५ जना घाइते

न्यूयोर्क–  अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ । बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएको अमेरिकाको अग्नी विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । न्यूयोर्कको म्यानहटनमा बिस्फोट भएको हो । बिस्फोटको कारण अहिलेसम्म थाहा नभएको सरकारी अधिकारीले बताएका छन् । 
नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो । न्युजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टा भित्रै न्युयोर्कमा विस्फोट भएको हो । समाचार संस्था रोयटर्सले घाइतेलाई अस्पताल लगिएको जनाएको छ । डस्टबिनमा राखिएको बिस्फोटक पदार्थ विस्फोट भएको सरकारी अधिकारीले आशंका गरेका छन् । 

२ असाेज, २०७३ ।