कला-साहित्य

गजल

मलाई पर्खी नबस्नु है मेरो कुनै भर छैन
मत एउटा सर्बहारा मर्ने कुनै डर छैन ।

सधैं बास चौतारीको आकाशको तारा साथी 
खुल्ला आकाश मेरो ओत हो आफ्नो त घर छैन
मत एउटा ............

देशको लागि मर्ने रहर, केवल मुक्तिको लागि 
घरवारी खेत सजाउने मेरो कुनै रहर छैन ।
मत एउटा ......

सामन्तिले चुसेर खोक्रो बनाएको देश मेरो 
प्रेमको गाउँ छ यहाँ, लुट्पाट्को सहर छैन 
मत एउटा .........

छुवाछूत अन्धविश्वास, मौलाएको पुस्तौदेखि 
सानो ठूलो जात छ यहाँ, समानताको थर छैन

- कमलराज ज्ञावली