विश्व

श्रृङ्खलाबद्ध विस्फोटमा ४० को मृत्यु

सिरिया (एजेन्सी)– सिरियामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा  ४० जनाको मृत्यु भएको छ । विष्फोटमा ४५ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।  सिरियाको टारटुससँगै कुर्दिस समूहको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृंखलावद्ध विष्फोट गराइएको हो । टारटुसमा रुसी एयरबस नजिकै लक्षित गरेर विस्फोट भएको थियो ।
पहिला कार बम विस्फोट भएको र घाइतेको उद्धार हुँदै गर्दा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराएको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आर्मी चेकप्वाइन्ट नजिकै पनि विस्फोट भएको जनाइएको छ ।