विश्व

अमेरिकी विश्वविद्यालयमा आक्रमण, १३ जना मारिए

अफगानिस्तान– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालय भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ ।  ज्यान गुमाउनेमा ७ जना विद्यार्थीसमेत रहेका छन् । अफगानिस्तान सुरक्षाबलले हमलाको दस घण्टापछि आक्रमणमा संलग्न दुई जनालाई जवाफी कारवाहीमा मारिएको जनाएको छ । 

काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले बीबीसीलाई बताए अनुसार मारिनेमा तीन प्रहरी तथा तीन विश्वविद्यालयका सुरक्षा गार्डहरु रहेका छन् ।  हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् । आक्रमणकारीको नियन्त्रणमा रहेका ७५० विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको छ ।