नेपालको राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा छरिएर रहेका नेवार समुदायले संस्कृति, सम्पदा र संस्कार जोगाउने अभियानलाई निरन्तरता दिएका छन् । वर्षै भरी मनाइने ३२ भन्दा बढी चाडपर्व तथा अरु विभिन्न संस्कारहरु यिनैका उदाहरण हुन् ।
अमेरिकी समाज अनि राजनीतिलाई नजिकबाट देखेको अनि भोगेको हैसियतमा मैले बारम्बार लेख्ने गरेको छुः अमेरिकामा परिवर्तन असम्भव नै चाही छैन तर नितान्त कठिन छ । संयुक्त राज्य अमेरिकालाई बैचारिकरुपले आंकलन अथवा मापन गर्ने हो भने
नेपाल त्यस्तो देश हो, जहाँ एउटै देशभित्र पनि एक थरी समुदाय संविधानबाटै सुपरिभाषित भएको छ, अरु सबै थरीचाहिँ संविधानको परिधिभन्दा बाहिर अपरिभाषित समुदायमा पारिएका छन् । ती अपरिभाषित समुदायमा कोही कानुनबाट त कोही ऐन र नियमबाट
सहीद रत्नकुमार वान्तवा, बमप्रसाद वान्तावा र नीमा शेर्पाको जीवनमा आधारित डकुमेन्ट्री ‘सक्रिफाइस नेभर डाइज’ सान फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिबल २०१५’ मा प्रदर्शन हुने भएको खबर पाएपछि निक्कै ठूलो लडाई जितेको अनुभूति भएको थियो । प्रर्दशनी भयो केही नेपालीहरुले हेरे राम्रो प्रतिक्रिया दिए ।
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भने ‘के म तिमीसित एउटा कुरा गर्नु छु ?’ तिनी बसिन् र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरेँ । अचानक मेरो वाक्य बन्द भयो । तर, जे कुरा मैले धेरै दिनदेखि...
मान्छे हुनुको अर्थ र परिभाषामा हरेक मान्छेको आआफ्नै बानी, व्यहोरा अनि शैली हुन्छ त्यहि नै उसको अनि उ हुनुको परिचय हो । म मानिससँग सम्बन्ध स्थापित गर्ने अनि निरन्तरता दिने प्रसंगमा अलि पृथक अनि केहि हदसम्म अप्ठेरो पनि छु । मलाई बलेको आगो ताप्ने रुची पटक्कै छैन बरु थोरै राप आउने नै सहि म आफ्नै औकात, ल्याकत अनि बुतामा आगो बालेर ताप्छु । राम्रै चिनजान अनि सम्बन्ध भएकाहरु पनि राजदुत, मन्त्री, प्रधानमन्त्री अथवा राष्ट्रपति जस्ता उपल्ला ठाउँमा पुगेपछि उनीहरुलाई म पहिले चिन्ने गरेको भन्दा कम चिन्छु अथवा चिन्दिन ।
मधेसका गाउँ–सहरमा व्यापक प्रदर्शन र सीमा–नाका बन्दपछि मधेसी जनताको संघर्ष राजधानी र पहाडी सहरतिर उकालो लागेको छ । सिंहदरबार र बालुवाटारजस्ता सत्ता–केन्द्रको घेराउसँगै अहिले संघीय गठबन्धनको अगुवाइमा महिनादिन लामो रिले अनसन जारी छ । त्यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउन खुलामञ्च पुगेका थिए पूर्वसभामुख दमननाथ ढुंगाना । उनले नयाँ संविधानलाई विश्वकै उत्कृष्ट पगरी गुँथाउनेहरूलाई हाँक दिए, ‘यो संविधान बचाउने कि नबचाउने ? फेरि पनि हामी यो संविधान छाडेर अर्को संविधानमा जानुपर्ने हो कि ?
विगत लामो समयदेखि मधेशी र आदिवासी जनजातिले जारी राखेको आन्दोलनको मुख्य मुद्दा राष्ट्रियता र राष्ट्रवाद हो । मधेशी र जनजातिले विभिन्न लिखितम् मागहरु सरकार समक्ष प्रस्तुत गरेपछि यसको चुरो कुरो राष्ट्रियता र राष्ट्रवाद नै हो । विगत लामो समयदेखि नेपालको राजनीतिमा दुई प्रभावशाली विचारका अवधारणाहरु स्थापित भएका छन – राष्ट्रवाद र मधेशवाद । यी दुबै मान्यताहरु स्वभावैले र जन्मजात नै एक अर्काको विरुद्धमा रहेका छन र विगतको केहि समयदेखि नेपालको राजनीतिमा
मधेशी मोर्चाको पहिलो चरणको राजमार्ग र नाका केन्द्रित आन्दोलनको विश्राम पछि मधेशी मोर्चासहित आदिवासी जनजाति समुदायलगायतका २९ दलीय सहभागिता रहेको संघीय गठबन्धनले जेठ २ गतेदेखि शुरु गरेको सिंहदरबार र बालुवाटार घेराउ विरोध कार्यक्रमले देशमा एउटा अभुतपूर्व एकताको सन्देश दिन सफल भएको छ । शासकले मधेशी र आदिवासी जनजातिबीच दूरी बढाएर लामो समयदेखि खेल्न सफल भए पनि पच्छिलो समय यो देशको ७० प्रतिशतभन्दा बढी जनसंख्या
अहिले नेपाली युवाहरु पश्चिमी संस्कारमा वायुपङ्खी घोडाको रफ्तारमा दौडिरहेको बेलामा नेपाली साहित्यले भने गतिहीन पाइला सार्दै छ । अहिले नेपाली स्कूल र कलेजमा नेपाली साहित्य र लेखनलाई छायामा पारी पश्चिमी साहित्यहरुको पढाइ गरिन्छ त्यसले नेपाली साहित्यको विकासलाई धेरै पछिसम्म पछाडि धकेल्छ । पश्चिमी साहित्यको पढाइ हुनु राम्रै हो तर नेपाली साहित्यलाई लत्याउनु भने नराम्रो हो । हाम्रा नवजवानहरुलाई हाम्रो लेखन बिधाका पात्रहरु कति छन