कस्तो बिडम्बना, हाम्रो समाजमा अझै पनि एउटा मान्छेले छोएको पानी अर्को मान्छेले खाईदैन । भगवान सबैको एउटै हो नि तर मन्दिरभित्र पस्न दिईदैन । कुकुर बिरालो घरभित्र छिर्न बेरोकतोक छ तर मान्छेलाई मूल ढोकाको संघारभित्र जान बर्जित गरिन्छ । हैट, एक्काइसौं शताब्दीको आधुनिक समाजमा पनि हामी यो के गरि रहेकाछौं ? यो कुरा गर्दा र सम्झिदा पनि लाजले मेरो शीर निहुरिन्छ, म पनि यहिँ नेपाली समाजको एक सदस्य हुँ जहाँ यो मानव कलङ्करूपी जातीय विभेद र छुवाछुत प्रथा अझै कायम छ । अब यो विभेदको अन्त हुनु पर्दछ र त्यो पनि हाम्रै पालामा, हाम्रै जीवन कालमा ।
'बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न ।' यात्राक्रममा यो सन्देश जोकोहीले पढेको, देखेको र सुनेको हुनुपर्छ। सामान्य अर्थले यो सन्देश सवारी साधनको गतिसँग जोडिएको छ । तर, गम्भीर भएर हेर्दा यो सवारीमा सवारहरूसँगै सांसारिक मति र प्रवृत्तिमा देखिने विडम्बनासँग गएर जोडिन पुग्छ।
अनियन्त्रित गतिमा चल्ने सवारी साधनहरू जसरी ठोकिन्छन्, उसैगरी असीमित अपेक्षा र महत्वाकांक्षाको हतारोले मान्छेलाई दुर्घटित बनाएरै छाडेको पाइन्छ । महत्वाकांक्षा पूरा गर्ने हतारोले जन्मिएका र जन्माइएका विसंगत उदाहरणको फेहरिस्त किन बनाउनु यतिखेर ? जेजे आउँछन् लेख्दै जाऊँ र भोगाइका पाटाहरूलाई केलाउँदै जाऊँजस्तो लाग्यो ।
नेपाली लेखक संघ(२००८) को कार्यालय (वि.सं. २०७३) खुल्ने भएछ । संघका नवनिर्वाचित अध्यक्ष डा.नवराज लम्सालजीले सार्वजनिक तवरमा कार्यालय खोल्ने प्रतिबद्धता जनाएपछि धेरै खुशी लाग्यो । संघको कार्यालय भएपछि त्यहाँ पदका कुर्सीमात्र रहने छैनन् साथमा अनेकन् कार्यक्रम र गतिविधिका फाइलहरु पनि राखिएलान् आशा गर्न सकिन्छ । अनि अरु थुप्रै नवीन कामहरु होलान्, त्यस्तो अपेक्षा बोक्न सकिन्छ ।
लेखक संघको हालै सम्पन्न छैठौँ अधिवेशनले प्रजातान्त्रिक विचारधारा पक्षधर लेखकहरुबीच नयाँ तरंग ल्यायो ।
कम्युनिस्ट नेताहरूमध्ये मदन भण्डारीको परिचय, सक्रियता र शैली निकै फरक देखिन्छ । अरू समकक्षी नेताहरू चर्चाको शिखरमा पुग्न लामो राजनीतिक जीवन व्यतीत गर्नुपर्यो, तर भण्डारीको विषयमा यो तथ्य सावित भएन । विचारमा प्रस्ट भएकाले उहाँ छोटो समयमा स्थापित हुनुभयो । एकदलीय कम्युनिस्ट सिद्धान्तलाई आदर्श मान्नेहरूको बोलाबाला रहँदा भण्डारीले बहुदलीय प्रतिस्पर्धाको दृष्टिकोणले परम्परागत व्याख्यालाई नयाँ आयाम दिन ठूलो योगदान गर्नुभयो ।
राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए ।
ती सबैलाई धन्यवाद जसले धुलिखेल अस्पतालको ‘कोशिश’ अभियानका निम्ति आर्थिक सहयोग गरेका छन्, जसको नामावली यही आलेख साथ संलग्न छ। भूकम्पमा आफ्नो घरबार सबै गुमाएकी, सिन्धुपाल्लान्चोक मानेखर्ककि श्रीमति फूलमति बिकले
नेपाली जनताले संविधान बनाउने सार्वभौम अधिकार प्रयोग गर्दा आफ्नो असन्तुष्टि जनाएर भारतले पाँच महिना नाकाबन्दी गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेप जारी राख्यो। नेपाल सार्वभौमसत्ता सम्पन्न देश भए पनि भूपरिवेष्ठित देशले पाउने पारवहन अधिकारबाट पटकपटक वञ्चित गरियो।