समाचार

कालोबजारी रोक्न प्रचण्ड सरकारको पहलकदमी

काठमाडौ– आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन थालिने भएको छ । कालोबजारी, मूल्यवृद्धि लगायको मारमा खेपिरहेका उपभोक्ताको जनगुनासो बढेपछि मन्त्रलयले विशेष अनुगमन थाल्ने भएको हो । 

 विशेष गरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ ।  सोमबार सबै प्राविधिक तयारी पूरा गरेर  मंगलबारबाट अनुगमन थाल्न लागेको आपूर्ति विभागले जनाएको छ । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वाभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गर्न लागिएको विभागको भनाइ छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘रिजल्ट दिन’ सचिवहरुलाई बोलाएरै निर्देशन दिए पछि मन्त्रालयले आफ्नो काम कारबाहीलाई तीब्रता दिन थालेको बुझिएको छ ।