समाचार

संविधान कार्यान्वयनका लागि दलहरु जुट्नुपर्छः सभामुख

रोल्पा– सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक भएको बताउनुभएको छ ।  रोल्पामा भएको एक कार्यक्रममा बोल्दै सभामुख घर्तीले संशोधनमार्फत असन्तुष्ट समूहहरुको माग सम्बोधन गर्नुपर्ने बताइन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)रोल्पाले बिहीबार लिवाङमा गरको कार्यक्रममा घर्तीले संशोधनमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी हुन्।

‘संविधानका अपरिवर्तनीय धाराबाहेक सबै संशोधन हुनसक्छ’, घर्तीले भनिन्, ‘संविधान संशोधनमार्फत समस्या समाधान गर्नुको विकल्प छैन ।’ नेपालको संविधान लचिलो रहेको भन्दै घर्तीले पछिसम्म पनि संविधान संशोधन भइरहनसक्ने बताइन् । त्यस्तै राष्ट्रिय महत्वका विषयमा दहलरु एकजुट हुने उनको विश्वास छ ।