समाचार

भानुभक्तको सम्झनामा देश–विदेशमा विविध कार्यक्रम

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
काठमाडौको रानीपोखरीमा र प्रज्ञाप्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको शालिकमा भानुजयन्ति कार्यक्रममा उपस्थितहरुले माल्यापर्ण गरे ।  त्यस्तै प्रज्ञाप्रतिष्ठानमा एक विशेष समारोहको आयोजना गरियो ।  समारोह अघि प्रभातफेरीको आयोजना गरिएको थियो । भानुजयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री कमल थापाले भौगोलिक रुपमा नेपालको एकिकरण पृथ्वीनारायण शाहले गरे जस्तै भाषाको माध्यमबाट नेपालको एकिकरण आदिकवी भानुभक्त आचार्यले गरेको बताए । उनले नेपाली–नेपालीबीच सद्भाव र भाईचाराको सम्वन्ध स्थापित गर्न अतुलनिय योगदान पु¥याएको चर्चा गरे ।

उपप्रधानमन्त्री थापाले नेपाली–नेपालीबीच भावनात्मक एकता र सद्भावको लागि भानुभक्त आचार्यको योगदानलाई अनुशरण गर्नुपर्ने आजको आवश्यकता भएको औल्याए । भानुजयन्तीको अवसरमा आयोपजत समारोहमा विभिन्न श्रष्टाहरुले आफ्नो प्रस्तुति मार्फत भानुभक्त आचार्यको स्मरण गरेका थिए । राष्ट्रिय विभुति समेत रहेका भानुभक्तको सम्झनामा दार्जिलिङ, सिक्किम लगायतका नेपालीभाषीहरुले पनि विभिन्न कार्याक्रमको आयोजना गरे । त्यस्तै, विदेशमा रहेका नेपालीहरुले पनि भानुभक्तको सम्झनामा गरेका छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले वाल्मीकि रामायणलाई नेपालीमा उल्था गरी मूर्त रुप दिएका थिए ।


उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’-१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह  गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् ।