समाचार

तमोर नदी पहिरोले थुनियो

ताप्लेजुङ,२६ असार । गएराति परेको वर्षाका कारण खसेको पहिरोले तमोर नदी थुनिएको छ । शनिबार राति परेको पानीले पहिरो जाँदा नदी थुनिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङको सवादिन गाविसमा पहिरो खसेपछि तमोर थुनिएको हो । प्रहरीका अनुसार नदीको एक छेउ मात्र थुनिएको हो । अर्को छेउबाट पानीको बाहिरीएको छ । पानीको बहाव उच्च रहेका कारण अर्को क्षेत्रको किनारा कटान बढेको हुँदा जोखिम निम्तिन सक्ने खतरा बढेको हो ।

नदी थुनिएको खबर प्राप्त भएसँगै त्यहाँको वस्तुस्थिति बुझ्न प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार नदीले पहिरो खसेको माटोलाई बगाउने गति तीव्र रहेका कारण ठूलो जोखिम देखिएको छैन । नदीको पानीको बहाव बग्र भएका कारण आज दिनभरमै नदी आफ्नै गतिमा आउने अनुमान गरिएको छ ।