समाचार

उपाधि कस्को पोल्टामा, फ्रान्स कि पोर्चुगल ?

काठमाडौं । युरो कप फुटबल–२०१६ को उपाधिका लागि आज आयोजक फ्रान्स र पोर्चुगल भिड्ने भएका छन् । खेल नेपाली समयअनुसार राति पौने १ बजे पेरिसमा हुँदैछ । सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने आयोजक फ्रान्सले विश्वे विजेता जर्मनीलाई हराउँदै पोर्चुगलसँको भेट पक्का गरेको हो ।

समुह एफ मा रहेको पोर्चुगलले समुहचरणका तिनवटै खेलमा बराबरी खेलेको थियो । अन्तिम १६ मा क्रोएसियालाई हराउँदै क्वार्टरफाइनलमा पुगेको पोर्चुगल क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पोल्याण्डलाई ३–५ को गोल अन्तरले हराउँदै पोर्चुगलले सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा वेल्सलाई २–० ले हराउँदै उसले फाइनलको यात्रा तय गरेको हो । यता समुह ए मा रहेको आयोजक फ्रान्सले समुह चरणका तीन वटा खेल मध्ये दुईटामा जित र एउटा बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई पराजित गरेको थियो । क्वार्टफाइनलमा आइसल्याण्डलाई ५–२ गोल अन्तरले हराउँदै सेमिफाइलनको यात्रा तय गरेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराउँदै फाइनलमा पोचुगलसँगको भेट पक्का गरेको हो । आज हुने फाइनल खेल  इंग्ल्याण्डका रेफ्री मार्क क्लाट्टेनबर्गले खेलाउने छन् । क्लाट्टेनबर्गले जारी युरोमा समूह चरणका दुई र प्रिक्वाटर फाइनलको एक खेल पनि सञ्चाल गरेका थिए ।

आज हुने जित्ने टोलीले युरो कपको उपाधि सँग  मोटो रकम पनि हात पार्ने छ । यो युरो कपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्व ३९ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार रकम छुट्याएको छ । युइएफएले घोषणा गरे अुनसार फाइनल जितेमा फ्रान्सले २ करोड ६५ लाख युरो अर्थात ३ अर्व ११ करोड ६४ लाख ९० हजार नेपाली रुपैयाँ पुरस्कार पाउने छ । पोर्चुगलले जितेमा भने २ करोड ५५ लाख युरो अर्थात २ अर्व ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो ।