समाचार

कांग्रेस महामन्त्री सशांक सिकिस्त, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री सशांंक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनभएका कोइरालाको अवस्था बुधबार बिहान थप जटिल बनेको हो ।

उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको हुँदा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपचारमा १२ जना चिकित्सकको टोली संलग्न रहेको छ । स्वास्थ्य अवस्था जटिल भएको भन्दै अस्पताल स्रोतले उहाँको स्वास्थ्यमा थप सुधार नआन्जुल उपचारका लागि विदेश नलैजान सुझाव दिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य कांग्रेसका नेता तथा कार्यकर्ताहरु र नेपालका लागि भारतीय राजदूत रणजित राय अस्पताल पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य उपचारमा कुनै पनि कुराको कमि आउन नदिन चिकित्सकलाई निर्देशन दिएका छन्।
 
कोइरालालाई भेट्न ओम अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि उपचारमा कुनै पनि कमी आउन नदिन निर्देशन दिएका हुन्। ओलीले भिडियो कन्फ्रेन्स गरेर भएपनि विदेशी चिकित्सकहरुसँग उपचारका बारेमा सल्लाह र सुझाव लिन पनि भनेका छन्। प्रधानमन्त्री ओलीले कोइरालाको स्वास्थ्य उपचारमा सहयोग गर्न सरकार तयार रहेको बताए।
 
अस्पताल श्रोतका अनुसार उनको अवस्था अचेत छ । कोइरालले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो । अस्पताल निर्देशक डा. हरीकिशोर श्रेष्ठका अनुसार उनलाई निमोनिया भएको छ । ‘रातिदेखि नै स्वास–प्रस्वासमा अफ्ठ्यारो महसुस गर्नुभएको रहेछ । बिहान अस्पताल ल्याइयो । अहिले आइसीयूमा राखेर उपचार गरीरहेका छौं । अवस्था स्थिर छ ।’ अधिक वान्ताका कारण श्वासप्रश्वासमा समास्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ ।