समाचार

६ घरका १९ परिवार पहिरोमा फसे

धादिङ। वर्षासँगै आएको पहिरोले धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ परिवार पहिरोमा फसेका छन् ।  पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।  भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरोको जोखिममा फसेका हुन् ।  

 विहीबार घटनास्थलको निरीक्षण र पहिरोको बीचमा परेकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरसमेत खराब मौसमका कारण धादिङबेसी फर्किएको छ ।

मोटर चल्ने बाटोसमेत नभएकाले सुरक्षाकर्मी पैदलसमेत जानसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रि गाउँ सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दूरीमा रहेको छ ।