समाचार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । सर्वोच्च अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा  कैद सजायको फैसला सुनाइएका एक फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ। यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो प्रहरीको टोलीले घरमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। 
 यादवलाई २०६६ भदौ ८ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद गरेको थियो। उनलाई राजविराजस्थित कारागार पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।