समाचार

१० लाख माग्दै भूकम्पपीडितले घेरे सिंहदरबार

काठमाडौं, १६ असार । भुकम्पपीडितहरुरुले दस लाख रुपैयाँ राहत पाउनु पर्ने माग राख्दै सिंहदरवार घेराउ गरेका छन् ।
भुकम्प गएको १४ महिना वितिसक्दा समेत सरकारले आफूहरुको व्यवस्थापनमा चासो नदेखाएको भन्दै पीडितहरुले सिंहदरबार घेराउ गरेका हुन् । 

राजधानीको टुसालस्थिति चौरमा अस्थायी शिविरमा बस्दै आएका भुकम्प पीडितहरुले १० लाख रुपैयाँ राहत दिनुपर्ने माग राख्दै धर्ना दिएका छन् ।

भुकम्प पीडितको धर्नाको कारण सिहंदरवार आसपासमा ट्राफिक व्यवस्था केहीबेर अस्तव्यस्त बनेको थियो । 
बुधबार संसदमा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यविधी बनाएर भूकम्प पीडितहरुलाई किस्ताबन्दीमा रकम उपलब्ध गराउने बताएका थिए ।